Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


ओलीको राजीनामा र अन्तर्राष्ट्रिय छवि ? (भिडियो रिपोर्ट)


0
Shares

सरस्वती कर्माचार्य/राममान डंगोल (इमेज)
काठमाडौं, साउन १० । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

तर, पटक–पटक सरकार फेर्ने चलखेलले अन्तर्राष्ट्रियजगत्मा भने नेपालको छवि बिग्रिनसक्ने आशंकाहरु व्याप्त भएको छ ।

संसदमा प्रस्तुत् सरकारविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने सम्भावना बढेसँगै प्रधानमन्त्री केपी ओलीले आइतबार संसद बैठकमै राजीनामा घोषणा गरेपछि सत्ता परिवर्तनको चलखेल सकिएको छ ।

यसअघि पनि कांग्रेस सभापति शेरबहादुरलाई प्रधानमन्त्री बनाउने गरी सत्ता परिवर्तनको खेल भएको थियो । तर, पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पछि हटेपछि केही समयको लागि सरकार गिराउने चलखेल बन्द भएको थियो ।

यसरी नयाँ संविधानको कार्यान्वयनअघि नै पटक–पटक सरकार गिराउने खेलले राष्ट्रिय राजनीतिप्रति जनताको वितृष्णा त बढाएको छ नै साथै यसले अन्तर्राष्ट्रियजगत्मा पनि नेपालको छविलाई धमिल्याएको चर्चा चुलिन थालेको छ ।

हुन त सत्ता परिवर्तन देशको आन्तरिक मामिला हो तर यसैमामात्र दलहरु अल्झिरहँदा नेपाललाई हेर्ने बाह्यजगत्को दृष्टिकोणमा नकारात्मक प्रभाव पार्ने कुरालाई नकार्न सकिँदैन ।

त्यसमाथि भूकम्पपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिनुपर्ने बेलामा यसरी आन्तरिक विवादमैमात्र अल्झिरहँदा पुनःनिर्माणलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका दाताहरुमा निराशा छाउनसक्ने सम्भावना पनि उत्तिकै प्रवल छ ।

कुटनीतिज्ञ प्रा. लोकराज बरालकाअनुसार सरकार परिवर्तनले नेपालको छविमा खासै असर पार्दैन तर पुनःनिर्माणका कार्यमा भने अब अरु ढिलाइ गर्नु हुँदैन । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।