५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


विरिङ खोलाले कटान सुरु गरेपछि आसपासका क्षेत्रमा त्रास


0
Shares

झापा, साउन १० । पूर्वी तथा मध्य तराईमा भारी वर्षासँगै आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ ।

मध्य तराईका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, उदयपुर तथा पूर्वी तराईका सुनसरी, झापालगायतका जिल्ला बाढीले प्रभावित बनेका हुन् ।

झापाको विरिङ खोलाले कटान सुरु गरेपछि डाँगीबारीबजार आसपासका क्षेत्रमा त्रास फैलिएको छ ।

दुई दिनदेखिको लगातारको वर्षापछि आएको बाढीले तुलसीबारीमा १० बिघाभन्दा बढी कटान गरिसकेको छ ।

खोलाले कटान सुरु गरेपछि जोखिममा रहेका चार घर स्थान्तरण गरिएको छ ।