
उदयपुर, वैशाख १२ । उदयपुरको त्रियुगा नगरपालिका–७ कोल्टेमा हिजो बेलुकी ट्याक्टर पल्टिदा च्यापिएर चालकको मृत्यु भएको छ ।
उदयपुरकै उदयपुरगढी गाउँपालिका–७ का ३० वर्षीय ठाकुर बुर्जा मगरको मृत्यु भएको हो । हिजो बेलुकी ७ बजे खेत जोत्दै गरेको स१त ४९ ९९ नम्बरको ट्याक्टर पल्टिँदा च्यापिएर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी लालपत्ताले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्