
गुल्मी, साउन ११ । गुल्मीका दुई गाविसमा सोमबार राति गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।
गुल्मीको हस्पीचौर गाविसको माल्वीमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको हो । मृतकहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यता, गुल्मीकै विशुखर्क–९ मा पहिरोले एक घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल रानाका ९ वर्षिय छोरा सुजन राना र ७ वर्षिया छोरी सिमाना छन् ।
यसैबीच, अबिरल बर्षासँगै बडीघाट खोलामा आएको बाढीले गुल्मीको क्षेत्र नम्बर १ का विभिन्न बस्तीमा कटान शुरु गरेपछि खोला आसपासका बासिन्दा बिस्तापित भएका छन् । बाढी र पहिरोले गुल्मीमा भएको क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्