१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


राप्तीको बाढी खतराको सूचकभन्दा माथि


0
Shares

नेपालगन्ज, साउन ११ । राप्ती नदीमा आएको बाढी दाङको भालुवाङमा खतराको सूचकभन्दा माथि पुगेको छ ।

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रले राप्ती नदीको बाढी खतराको सूचकभन्दा माथि पुगेको जनाएको हो ।

बाँकेको राप्ती नदी तटीय क्षेत्रको दर्जनौं गाउँका बासिन्दालाई सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सुरक्षाकर्मीहरुलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको पनि प्रशासनले जनाएको छ ।