
काठमाडौं, वैशाख ११ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ यही वैशाख १३ र १४ गते काठमाडौंमा आयोजना हुन लागेको आन्तरिक पर्यटन मेलाको सम्पूर्ण तयारी पूरा भएकोे छ ।
आयोजक गन्तव्य नेपालले बुधबार पत्रकार सम्मेलन गरी निजी क्षेत्रका तर्फबाट पहिलोपटक आयोजना गर्न लागिएको यस्तो मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
मेलामा ७७ ओटै जिल्लाका पर्यटकीय गन्तव्यबारे जानकारी प्रदान गरिने जनाइएको छ ।
मेलामा विशेष सांस्कृतिक कार्यक्रमका साथै मुलुकका सबै जिल्लाका पर्यटकीय गन्तव्य तथा व्यापारिक गरी १०० भन्दा बढी स्टल रहने जनाइएको छ ।
मेलामा सातओटै प्रदेशका मुख्य परिकार पनि प्रदर्शन गरिने जनाइएको छ ।
मेलाको दुई लाख बढीले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्