१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


अझै दुई दिन देशैभर वर्षा हुने


0
Shares

काठमाडौं, साउन १२ । देशैभरी भइरहेको वर्षा अझै केही दिन जारी रहने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन सक्रिय बनाउने न्यूनचापीय क्षेत्र नेपाल नजिक भएका कारण बुधबार र बिहीबार पनि देशैभर वर्षा हुने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

नेपालमा वर्षा गराउन बंगालको खाडी र अरब सागर दुबैतिरबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ । भारी वर्षा भने बुधबारदेखि नै क्रमशः घट्दै जाने जानकारी मौसमविद् शान्ति कँडेलले दिइन् ।

उनका अनुसार मनसुनको न्यून चापीय रेखा उत्तरतिर सरेका कारण नेपालमा बढी पानी परेको हो ।

बंगाल र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा उत्तरी हिमालमा ठोक्किएर नेपालतर्फ फर्किदा बढी वर्षा भएको महाशाखाले जनाएको छ । दक्षिण एसियाली मनसुनलाई मूख्य रुपमा प्रभाव पार्ने एलनिनोको अवस्था कमजोर हुँदै गएको र लानिनोको अवस्था बलियो भएकाले मनसुनको अन्त्यतिर झन् बढी वर्षा हुने मौसमविद्को निष्कर्ष छ । -अन्नपूर्ण पोस्ट दैनिकबाट