२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


खोलाले बगाएका कर्मचारी मृत फेला


0
Shares

राजविराज, साउन १२ । सप्तरीको जिता खोलाले बगाएका कर्मचारी कोइलाडी बसाइन–५ मा मङ्गलबार साँझ मृत फेला परेका छन् ।

मृत्यु हुनेमा मोरङको विराटनगर उपमहानगरपालिका–१३ जतुवा घर भई हाल हनुमाननगर योगिनिमाई नगरपालिका–८ मा बस्दै आएका सुदीपकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

हनुमानगरस्थित फरवार्ड संस्थामा कार्यरत तेइस वर्षीय यादवलाई दुई दिनअगाडि उक्त संस्थामार्फत कोइलाडी बर्साइनका गाउँमा रकम उठाउन जाँदा जिता खोला तर्ने क्रममा खोलाले बगाएको थियो । (रासस)