२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राप्ती बगरमा चारओटा शव भेटियो


0
Shares

दाङ, साउन १२ । दाङको राप्ती नदी बगरमा चारओटा शव फेलापरेका छन् ।

सतबरिया गाविस–५ बगरापुरमा बुधबार दुई पुरुष र दुई महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै त्यस क्षेत्रमा पुगेको वडा प्रहरी कार्यालयको टोलीले शव फेलापारेको हो । मृतकको पहिचान खुलेको छैन ।

घटनामा परेकाहरुका उद्धारका लागि दाङका सबै क्षेत्रमा प्रहरीले उद्धार थालेको जनाएको छ ।

वर्षाका कारण दाङ देउखुरी जलमग्न भएका छन् ।