
काठमाडौं, साउन १२ । सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ सुरु भएको छ ।
संसदीय सुनुवाइ विशेष समितिले न्यायाधीशका लागि न्यायपरिषद्ले सिफारिस गरेका ११ जनामध्ये ६ जनाको सुनुवाइ बुधबार सुरु गरेको हो ।
सिफारिसमा परेका दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ भइरहेको छ ।
यसअघि पनि प्रधानन्यायाधीशको सुनुवाइलगत्तै न्यायाधीशहरुको सुनुवाइ गर्ने भनिएपनि समितिका सभापति कुलबहादुर गुरुङ अस्वस्थ भएपछि सुनुवाइ रोकिएको थियो ।
सुनुवाइ समितिका सदस्यहरुले अदालतको सुधारसम्बन्धी जिज्ञासामा प्रस्तावित न्यायाधीशहरुले पीडितहरुलाई छिटो न्याय दिने चुनौतीलाई अगाडि बढाउन आफूहरु केन्द्रित हुने जवाफ दिएका थिए ।
प्रस्तावित न्यायाधीशहरुले संविधानको भावनाअनुरुप अदालतको काम–कारबाहीलाई प्रतिस्पर्धी र समयानुकूल बनाउनेतर्फ आफूहरुको पहल हुने बताएका थिए ।
समितिले अरु पाँचजना प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ सम्पन्न गरेर नाम पारित गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्