Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


राष्ट्रपति भण्डारी सियानमा


0
Shares

सुरेन्द्रबहादुर नेपाली (रासस)

सियान (चीन), वैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणकाक्रममा बुधबार अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा आइपुगेकी छन् ।

उनलाई सियानयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ यान्छीका साथै सान्सी प्रान्तको विदेश विभागका उच्च अधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी बिहीबारदेखि चीनको राजधानी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुनेछिन् । साथै, उनले उक्त मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सन्चारकर्मी रहेका छन् । रासस