
रसुवा, साउन १३ । रसुवाको केरुङ नाकाबाट व्यापार गर्नेहरुलाई ‘मल्टी इन्ट्रि’ भिसा दिनेबारे सरकारले अध्ययन सुरु गरेको छ ।
केरुङ नाका हुँदै व्यापार गर्नेहरुलाई भीसामा समस्या आएपछि गृह, परराष्ट्र तथा वाणिज्य मन्त्रालयले मल्टि इन्ट्रि भीसा दिनेबारे अध्ययन सुरु गरेका हुन् ।
चीनले नेपाल सरकारको जिम्मामा रहने गरी निश्चित व्यक्तिलाई मात्र मल्ट्रि इन्ट्रि भिषा दिन प्रस्ताव गरेपछि नेपाली पक्षले सरोकारवालाहरुसँग छलफल अघि बढाएको गृह मन्त्रालयका प्रतिनिधि कृष्णप्रसाद ज्ञवालीले बताए ।
तातोपानी नाका बन्द भएसँगै रसुवागढी नाकाबाट बढ्दो व्यापार व्यवसायमा व्यापारिलाई एक दिने पासको समेत व्यवस्था नहुँदा सम्बन्धित मन्त्रालयले अध्ययन अगाडि बढाएका हुन् ।
नेपालबाट केरुङ र केरुङबाट नेपालसम्म दैनिक ५० देखि १०० वटासम्म कन्टेनर आवातजावत गर्ने भएकाले चालक तथा व्यापारीका लागि एक सय जनाको संख्यामा भिषा दिँदा उपयुक्त हुने रसुवा उद्योग बाणिज्य संघको भनाइ छ ।
व्यापारीहरुले मल्ट्रि इन्ट्रि भिषा पाए व्यापार व्यवसायमा थप बृद्धि भई राजश्व समेत बढ्ने रसुवागढी भन्सार कार्यालयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्