२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


बाढी पीडितको उद्धारका लागि शसस्त्र प्रहरीको यस्तो तयारी (भिडियो हेर्नुहोस)


0
Shares

-रत्न आचार्य, ईमेज

सुनसरी, साउन १३ । बाढी र पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरीको सुनसरीस्थित पूर्वाञ्चल वाहिनीले ४ सय ४० जनाको तालिम प्राप्त टोली परिचालन गरेको छ ।

बाढी र पहिरोले ठूलो धनजनको क्षति भएपछि सर्वसाधारणको राहत र उद्दारका लागि सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा टोली परिचालन गरेको हो ।

अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पूर्वी नेपालका हजारौं परिवार विस्थापित भएर बिचल्लीमा परेपछि सशस्त्र प्रहरीको सुनसरीस्थित पूर्वाञ्चल वाहिनीले गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरेको हो ।

टोलीमा तालिमप्राप्त ४ सय ४० जना सहभागी छन् । लगातारको बर्षाले सुनसरी, झापा, सप्तरी र मोरङको दक्षिणी क्षेत्र जलमग्न भएर सयौं घर डुवानमा परेका छन् ।

त्यहाँ हजारौ परिवार विस्थापित भएका छन् । सशस्त्र प्रहरीको तालिमप्राप्त टोलीले बाढी र पहिरोमा फसेकाहरुको उद्दार गर्ने छ ।

सशस्त्र प्रहरीले सिद्धकाली गण र सिमा सुरक्षा कार्यालय सुनसरी तथा झापा, मोरङ, सप्तरी सिराहाबाटसमेत तालिम प्राप्त उद्धार टोली परिचालन गरेको छ ।

टोलीले पूर्वका बाढी प्रभावित क्षेत्रमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै सप्तकोसी, अरुण र तमोर नदीका विभिन्न स्थानमा समेत निगरानी बढाएको छ ।

बाढी प्रभावित क्षेत्रमा खटाइएको टोलीमा मोटरबोट,¥याप्ट, क्याकिबोटसहित प्राथमिक स्वास्थ्य उपचार गर्ने स्वास्थ्यकर्मीसमेत सहभागी छन् ।

सशस्त्र प्रहरीले बाढी प्रभावित पूर्वाञ्चलका धनकुटा, भोजपुर, खोटाङ, उदयपुर ताप्लेजुङ, पाँथथर, इलाम, ओखलढुंगा र सोलुखुम्बुमा पनि उद्दार टोली तयारी अवस्थामा राखेको जनाएको छ ।