
डडेल्धुरा, वैशाख ११ । धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५ः३० बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा २० जना घाइते भएका छन् । बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घाइतेमध्ये ७ जनालाई उपचारका लागि डलेल्धुरा अस्पताल पठाइएको छ । उद्धारकार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्थानीय सर्वसाधारण खटिएका छन् । घटनाको विस्कृत विवरण आउँन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्