
काठमाडौं, वैशाख १० । मंगलबार सेयरबजार सकारात्मक रह्यो । यसदिन नेप्से सामान्य अंकले सकारात्मक रह्यो ।
पछिल्ला दुई दिनको तुलनामा कारोबार भने खुम्चियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से करिब ४ अंक बराबरले सकारात्मक रहेर १२ सय ६० कामय भयो ।
यसदिन आधाभन्दा बढी समूह ऋणात्मक रहँदा पनि वाणिज्य बैंक, उत्पादनमूलक, निर्जीवन बिमा, वित्त र विकास बैंक समूह सकारात्मक रहेसँगै नैप्से पनि धनात्मक रहन गएको हो ।
उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ४६ अंकको वृद्धि आयो । जीवनबिमा र होटल समूहमा दोहोरो अंकको गिरावट आउँदा लघुवित्त, जलविद्युत्, व्यापार र अन्य समूह सामान्य अंकले रातो रहे ।
पछिल्ला दुई दिन अर्बमाथि कारोबार हुँदा यसदिन भने जम्मा ६२ करोड बराबरको कारोबार भयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीका १८ लाख बराबर कित्ता सेयर ६१ करोड ४२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्