
नरेन्द्रराज पौडेल –
युगौंदेखि व्रिटिस दासत्वको चाबूक खाएर क्षतविक्षत बन्दै सडे गलेको भारतीय मानसिकता परपीडनवादी शोचको चरम नमूनाको रुपमा रहँदै आएको छ । आपूmभन्दा कम्जोर र साना राष्टलाई जिस्क्याउने दच्काउने र बारम्वार सन्निसर्पनमा पारेर नाजायज फाइदा लिने उसको प्रवृत्ति मध्ययुगीन बर्बर तनाशाही खालको छ । ब्रिटिश उपनिवेशपछि स्वतन्त्रताका ७ दशकसम्म पनि उसले छिमेकीसंग समानता र सहकार्यको सदव्यवहार गर्न कहील्यै जानेन । भौतिक पूर्वाधार र आर्थिक प्रगति राम्रै गरेपनि अरुप्रति देखाउनुपर्ने भाइचारा सामाजिक व्यवहारमा झन अनुदार बन्दै आएको छ । विश्व रङ्गमञ्चमा आपूmलाई निकै ठूलोठालू देखाएपनि एक्काइसौं शताब्दी अनुकूलको आधुनिक र सभ्य राष्ट् बन्न सकेको छैन । उसका छिमेकी भुटान फिजी लगायत देशहरुमा थोपरिएको निर्लज्ज ठाडो हस्तक्षेप र प्रभुत्ववाद एक्काइसौं शताब्दीको राजनीतिक रङ्गमञ्चमा कुरुप अभिशाप बनेको छ । ती ती देशहरुका पाकृतिक स्रोत साधन र विदेश्नीतिमाथिको हस्तक्षेप स्वयं हैकमवादी र असभ्य ठालूवादी व्यवहारका नमूना हुन । त्यही एकाधिकार र विस्तारवादी नीति नेपालमाथि पनि बारम्बार थोपर्न चाहने उसको प्रवृत्ति प्रतिदिन झन झन उजागर हुँदै आएको छ । अर्काको सार्वभौमिक स्वतन्त्रता र प्रादेशिक अखण्डतामाथि सधैं छुच्चो हेपाहा व्यवहार गर्दै आएको भारतले सिक्किममाथि अतिक्रमण गरेर आफनै भूभागभित्र मिलाएको त दशकौं भैसक्यो । नेपालप्रति पनि उही मिजास र त्यही किसिमको व्यवहार देखाउँदै छ । कहिले भीम नगर बाँध संरक्षण गर्ने निहुँमा शेना पठाएर त कहिले दशगजा माथि सुरक्षाचौकी र बाँध लगायत संरचना निर्माण गर्दै नेपाली भूभाग डुवाउने र सार्वभौमिकता माथि हस्तक्षेप र थिचोमिचो गर्ने बदमासी गर्दै आएको छ ।
०७ को दिल्ली संझौताले बढाएको आत्मबलका कारण भारतले नेपालका हिमाल पहाड र तराइ क्षेत्रका भूभागहरुमाथि बाघ पञ्जा फैलाउने हिम्मत गरेको हो । महाकाली, कोशी र गण्डक व्यारेजको एकलौटी निर्माणपछि भारतले नेपाललाई बफरष्टेटको आँखाले हेर्ने क्रम बढेर गयो । तर नेपालको पक्षबाट कुनै राजा महाराजा र नेताहरुले पनि प्रतिवाद गर्न सकेका छैनन । यो नेपलीकै ठूलो कम्जोरी थियो । स्वाभिमानी भनिएका नेपालीहरु ठगिदै गएपछि भारतले हौसिएर सीमाअतिक्रमण नाकावन्दी र जलस्रोतमा्थि एकाधिकार स्थापित गर्नेजस्ता चौतर्फी मोर्चाहरुमाा हस्तक्षेप र अतिक्रमण जारी राखेको छ । ०४७ सालको परिवर्तनपछि त भारतीय दादागिरि प्रत्येक क्षेत्रमा झनझन बढ्दै गएको छ । सवैजसो मुख्य पार्टीका नेताहरुले सशक्त प्रतिवाद गर्ने आँट देखाएका छैनन । एक दशक अघिदेखि लाखौं नेपालीलाई विस्थापित गर्दै आएको लक्षमणपुर बाँधलाई दुवै पक्ष मिलेर चौध किलोमिटर सम्म च्यानलाइज गर्ने समझदरी भएकोमा हालसम्म एक इन्च काम अघि बढेको छैन । खुर्दलोटन बाँधले पु–याइरहेको क्षतिवारे नेपाल सरकार स्वयं नै उदासीन रहेको छ । मेची नदीले धार परिवर्तन गर्दा पारी पुगेको जङ्गेपिलरशुद्द आप्mनो अधीन गर्न सकेको छैन नेपालले । उल्टै आफू सत्तारुढ बन्नकोलागि कुनै न कुनै रुपमा भारतीय सरकार र नेताहरुको दलाली र गुलामी गर्दै आइरहेकै छन नेपाली नेताहरु । यसै आडमा बडे भाइको दादागिरी देखाएर नेपाललाई हेप्ने दच्काउने र भूभागमाथि बारम्बार अतिक्रमण गर्नेजस्ता असभ्य र हेपाहा हर्कत देखाउदै छन भारतीय शासकहरु । यसै प्रवृतिको परिणामस्वरुप हालै सप्तरी जिल्लामा पर्ने खाडो नदीको दश गजा क्षेत्रमा नेपाली भूभाग डुवानमा पर्ने गरी भारतीयहरुले स्थायी बाँध पुनर्निर्माण गर्न लाग्दा सप्तरीबासी जनता जाइलागेर भत्काइ दिएका छन । त्यति मात्र होइन बाँध निर्माण गरीछाड्ने दुःसाहस गर्दै बल प्रयोगमा उत्रिएको भारतीय प्रहरी र कुनौलीवासीसंग दर्विलो प्रतिकार गरेर इँटको जवाफ पत्थरले दिएका छन । आफ्नो मातृभूमिको संरक्षणमा विदेशी आक्रमणकारी शक्ति विरुद्ध जुटेका तिलाठी रम्पुर कोइलाठीलगायत सात गाउविकास समितिका वासिन्दाहरुले अभूतपूर्वरुपमा दरो हिम्मत देखाएर एउटा नयाँ चरणको बहादूरीपूर्ण इतिहास कायम गरे । शीघ्र स्वस्थ्यलाभको कामनासहित लाख लाख सलाम छ ती घाइते सपूतहरुलाई ।
एक दुइ ठाउँमात्र हैन, ताप्लेजुङको कञ्चनजंघादखि दार्चुलाको लिपुलेक र कालापानीसम्म भारतले सीमा अतिक्रमण गरेको छ । हालै केही दिन अघिमात्र कंचनजंघा क्षेत्रलाई आफ्नो एकलौटी स्वामित्व देखाएर भारतले विश्व सम्पदा सूचिमा दर्ता गरेको छ , जव कि कञ्चनजंघा हिमाल नेपाल र भारत दुबै देशमा पर्दछ । त्यस अतिरिक्त तराइका प्रत्येकजसो जिल्लाहरुमा धेरथोर नेपाली भूभाग मिचिएकै छ । त्यसरी अनधिकृतरुपमा जबर्जस्ती मिचिएको भूभाग फिर्ता लिन पनि संघर्षको मैदानमा आम जनता उत्रनु पर्ने सन्देश दिएका छन सप्तरी वासीले । सुस्तावासीले पनि लामो समयदेखि भारतीयहरुको थिचोमिचो विरुद्ध संघर्ष गर्दै आएका छन । तर तिनीहरुको अवाज न त कुनै पार्टीले न नेताले सुनेका छन न त सरकारले नै । पंचायतदेखि संसदीय र लोकतान्त्रिक व्यवस्थासम्म आइपुग्दा देशको सार्वभौमिकता समेत जोगाउन नसक्ने लाछी नेता जन्मिएर नै नेपालको यो दुर्गति भएको हो । यस्तो अवस्थामा भारतको त्यो व्यवहार नेपाली माथिको आक्रमणको रुपमा हेर्न सकिन्छ । सप्तरी वासी जनताले देखाएको स्वाभिमान र साहसको बाटो अतिक्रमित क्षेत्रका अन्य वासिन्दाले पनि अपनाउनु आवश्यकज छ । दश गजाको अर्थ नो म्यानस् ल्याण्ड (याने कसैको पनि होइन ) हो, जसमा कुनै एक राष्ट र एक शक्तिको अधिकार रहदैन । बरु दुवै देशको विभाजन रेखालाई सुरक्षित र पहिचान दिलाउने परिचायक रेखा हो ।.तर भारतकोलागि भालुलाई पुराण भएको छ यो वषय । विगत केही बर्ष अघि विशाल राष्ट्र चीनले भियतनामको सीमाीिथत सानो भूभागमाथि आप्mनो हैकम देखाउँदा घमासान युद्ध हुन गयो । आफ्नो भूमभागको अखण्डता संरक्षण गर्न भियतनामले दरो प्रकारको सैनिक जवाफ दिएको थियो । बलिष्ट राष्ट्र चीनले मात खाएर भियतनामी भूमि छाड्नु परेको थियो । अर्काको घरमा आक्रमण गर्न जाने शक्ति जतिसुकै ठूलो भएपनि उसंग नैतिक हिम्मत र आत्मबल हुदैन,जसको कारण पराजय निश्चित हुन्छ ।
असमान सन्धीको परिणामले तयार भएका भीम नगर गण्डक नहर जस्ता नेपाली भूभाग भित्रका भारत निर्मित संरचनाहरुलाई सन्धिको अवधि समाप्त भएसंगै भत्काउने पहल गर्नुपर्छ । बाँधको संरक्षणको नाममा विराटनगरमा सैनिक शिविर खडा गरी बसेको भारतीय सैनिकहरुलाई सरकारले तत्काल हटाउन कूटनीतिक पहल गर्नु पर्छ । तैपनि अटेर गरी बसेको खण्डमा प्रत्येक गाउँठाउँका नागरिकले घरलौरी रुपमा धुरा उठेर लखेट्नुपर्छ । देशको सार्वभौमिकता र अखण्डताकोलागि सहीद हुन वीर नेपाली पछि पर्नु हुदैन ।
पंचायतको अवसान भएर लोकतन्त्रको बहालीपछि पनि नेपालका सीमानाकाहरु सरकारी दृष्टिबाट ओझेल परेका छन । झनै असुरक्षित बनेका छन । भारतीय सुरक्षाकर्मीको थिचोमिचो र ज्यादती भने दिनप्रतिदिन व्यापक रुपमा बढेको छ । भरतीय सीमारक्षक (वीएसएफ) का जवानहरुबाट नेपली चेलीहरु लुटिनुकासाथै सीमपाार मइत मावल र बजार हटिया आवतजावत गर्ने महिला पनि बेलाबखत असुरक्षित बन्दै अएका छन । भारतमा काम गरेर घर फर्कने मजदूर यात्रुहरु लुटिने क्रम पनि घटेको छैन । पाँचथरको च्याङथाबु गोरखे र इलामको पशुपति नगरमा भारतीय प्रहरीले सीमाक्षेत्रको नेपाली भूभाग मिचेर स्थायी सुरक्षाचौकी निर्माण गरेको एक दशक पार गरी सकेको छ । तर नेपाल सरकार प्रहरी शेना उति बेरैदेखि वेखवर रहे । स्थानीय तहका जनताहरुबाट भारतीय थिचोमिचो विरुद्ध आवाज उठाएपनि सशक्त प्रतीकारमा उत्रिएर अतिकमण रोक्ने तर्फ ठोस काम हुन सकेन । हतियार सामु निहत्था निरीह जनता टुलुटुलु हेर्न विवश भए । विदेशी प्रभुसामु नझुक्ने हल्ला गर्न भ्याएका ओली प्रचण्डमार्का तथाकथित राष्ट्रवादी सरकारहरुले केही लछारपाटो लगाउन सकेका छैनन । आफनै देशका पदलोलुप र अकर्मण्य नेताहरुबाट पीडित नेपालीहरु आश्चर्य चकित परेर हेरीरहेका छन ।
आठ बर्षअघि कोशीको बाढीबाट भीम नगर बाँध जोगाउने निहुँमा नेपाल पसेको भारतीय सेना हालसम्म विराटनगरमा दलबलसहित बसेको छ । तिनीहरुलाई घोक्रेठ्याक लगाएर फिर्ता गर्न ओलीको राष्ट्रवादी सरकार किन सक्षम भएन । उतिबेर राजा महेन्द्रले उत्तरी सीमाका शैनिक चेकपोष्ट हटाएर भारतीय शेनालाई उनीहरुकै देश फर्काएका थिए । कोदारी राजमार्ग र पृथ्वीराजमर्गसमेत चीनद्वारा निर्माण गराएका थिए । आज यत्रो अवश्यकता र हल्लाको विषय हुँदापनि किन फाष्ट ट्याक बन्न सकेन । समयको यति ठूलो अन्तरालपछि आइसक्ता पनि नेपाली अस्मिता र स्वाभिमानको संरक्षक बन्न सक्ने कुनै नेता नभेटिनु दुःखद अश्चर्यको कुरा हो ।
प्रतिक्रिया दिनुहोस्