१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024


महाकाली नदी किनारमा मजदूरको शव फेला


0
Shares

भीमदत्तनगर, असार २६ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भजेलास्थित महाकाली नदी किनारमा आज बिहान एक मजदूर मृतावस्थामा फेला परेका छन् ।

दार्चुलाको लेकम गाउँपालिका–३ घर भई विगत केही वर्षयता भजेलामा जग्गा अँधियामा लिएर काम गर्दै आएका ४५ वर्षीय नैनराम सार्की महाकाली नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध छेउमा मृतावस्थामा भेटिएका हुन् ।

घटनास्थल पुगेको प्रहरी टोलीले मृतक सार्कीको टाउकोमा गहिरो चोट लागेको जनाएको छ ।

गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले घटनाका सम्बन्धमा छानविन भइरहेको जानकारी दिए ।

सार्कीको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ । रासस