१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


समृद्ध मुलुक निर्माणका लागि मानसिकता परिवर्तन आवश्यक : मन्त्री यादव


0
Shares

काठमाडौं, वैशाख ६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले समृद्ध मुलुक निर्माणका लागि मानसिकता परिवर्तन आवश्यक रहेको बताएका छन् ।

संविधान, कानुनमात्रै परिमार्जन भएर नहुने उनको भनाइ छ ।

नेपाल पश्मिना उद्योग संघको शुक्रबार राजधानीमा भएको १८औं वार्षिक साधारणसभामा मन्त्री यादवले सरकार र निजी क्षेत्रको कार्यशैलीमा धेरै सुधार आवश्यक रहेको बताए ।

सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण नै तयार हुन नसकेको उनले उल्लेख गरे । यसमा सरकार र निजी क्षेत्र उत्तिकै जिम्मेवार रहेको उनको भनाइ छ ।

संघका अध्यक्ष दुर्गाविक्रम थापाले नेपाली पश्मिना उत्पादन र साखलाई अभिवृद्धि गर्न संघले पहिलोपटक ४७ देशमा च्याङ्ग्रा पश्मिनाको व्यापार चिह्न दर्ता गर्न सफल भएको बताए ।

सन् २०१८ मा करिब तीन अर्ब रुपैयाँको पश्मिना निर्यात भएको र करिब दुई अर्बको नेपाल भ्रमणमा आएका पर्यटकले खरिद गरी लगेको संघले जनाएको छ ।