२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


लिवियामा आइएसको पकड क्षेत्रमा अमेरिकी सेनाको आक्रमण


0
Shares

काठमाडौं, साउन १८ । अमेरिकी सेनाले लिबियास्थित इस्लामिक अतिबादी संगठन आईएसको पकड रहेको क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

लिबियाको बन्दरगाह रहेको सिर्त शहरमा गरिएको हवाई आक्रमणका कारण थुप्रै आइएस कार्यकर्ता मारिएको र उक्त क्षेत्र क्षतविक्षत भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको आदेशमा आक्रमण गरिएको भन्दै पेन्टागनले लिबियामा आईएसका गतिविधि मत्थर पार्नका लागि अमेरिकी कदम सार्थक हुने जनाएको छ । पछिल्लो समय आईएसको आक्रमणका कारण लिबियामा थुपैै्र मारिइएका छन् । (एजेन्सी)