
काठमाडौं, साउन १८ । नेकपा एमालेले प्रधानमन्त्रीमा उम्मेद्वारी नदिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैंठकले प्रधानमन्त्रीमा उम्मेद्वारी नदिई विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बैंठकमा प्रधानमन्त्रीका लागि एमालेबाट उम्मेद्वार बनाउन उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङको नाममा छलफल भए पनि केही नेताले प्रचण्डको प्रस्तावको विपक्षमा मतदान गरेपछि प्रमुख प्रतिपक्षको हैसियत प्राप्त हुने भन्दै प्रधानमन्त्रीको उम्मेद्वारी नदिन सुझाएपछि यो निर्णय गरिएको हो ।
बैंठकले २०७४ माघ अगाडि तीनै वटा निर्वाचन गरी सक्नुपर्ने निर्णय पनि गरेको छ । राजनीतिक रिक्तत्ता र संवैधानिक शून्यता आउन नदिन र संविधान कार्यान्वयनका लागि पार्टीले रचनात्मक भूमिका खेल्ने निर्णय पनि गरिएको छ ।
त्यसै गरी राष्ट्रिय अखण्डता र सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप गरिए त्यसको एमालेले भण्डाफोर गर्ने चेतावनी एमालेले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्