१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


सातौं दक्षिण एसियाली क्षेत्रीय मानवअधिकार सम्मेलन काठमाडौंमा सुरु


0
Shares

काठमाडौं, वैशाख ६ । सातौं दक्षिण एसियाली क्षेत्रीय मानवअधिकार सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।

दुईदिने सम्मेलनको पहिलो दिन विभिन्न देशका प्रतिनिधिहरुले मानवअधिकारको रक्षा र त्यसका लागि युवाहरुको भूमिकाका विषयमा छलफल गरेका छन् ।

कार्यक्रमका सहभागीहरुले मानवअधिकार संरक्षण र प्रवद्र्धनका लागि समान विचारधारा भएका क्षेत्रीय संगठनहरुले सहकार्य गर्नु जरुरी रहेको धारणा राखे ।

वक्ताहरुले मानवअधिकारको विषय निकै संवेदनशील भएको बताउँदै नयाँपुस्तालाई पनि यसप्रति जिम्मेवार बनाउन आवश्यक रहेको औंल्याए ।

सम्मेलनमा भारत, इन्डोनेसिया, श्रीलंकालगायत ९ देशका प्रतिनिधि सहभागी छन् ।