दक्षिण कोरिया र जापानलाई निशाना बनाउन सक्ने क्षेप्यास्त्र परीक्षण « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


दक्षिण कोरिया र जापानलाई निशाना बनाउन सक्ने क्षेप्यास्त्र परीक्षण


0
Shares

सोल, साउन १९ । उत्तर कोरियाले दक्षिण कोरिया र जापानलाई निशाना बनाउन सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार पछिल्लो परीक्षण मध्यम दुरीमा मार हान्न सक्ने क्षमता छ । परीक्षणका क्रममा यसले करिब एक हजार किलोमिटरसम्मको दुरी पार गरेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण जापानका लागि गम्भीर खतराको विषय भएको बताएका छन् । दक्षिण कोरियाले पनि सो परीक्षणले क्षेत्रीयस्तरमा तनाव निम्त्याएको जनाएको छ ।

उत्तर कोरियाले पछिल्ला दिनमा क्षेप्यास्त्र परीक्षणलाई तिब्रता दिदैं आएको छ । अमेरिका र दक्षिण कोरियाले क्षेप्यास्त्र प्रतिरोधी प्रणाली तैनाथ गर्ने घोषणा गरेलगत्तै उत्तर कोरियाले त्यस्तो प्रणालीलाई ध्वस्त पार्ने चेतावनी दिएको थियो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक क्षेप्यास्त्रको विकास र परीक्षणमा रोक लगाएको भए पनि उसले त्यस्ता प्रतिवन्धलाई लगातार उपेक्षा गर्दै आएको छ ।

उत्तर कोरियाले पछिल्लो क्षेप्यास्त्र पूर्वी तटबाट परीक्षण गरेको दक्षिण कोरियाली अधिकारीहरुको भनाई छ । (एजेन्सी)