
काठमाडौं, साउन १९ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत संघीय गठबन्धनबीच तीन बुँदे सहमति भएको छ ।
संसद् भवन नयाँबानेश्वरमा बसेको त्रिपक्षीय बैठकमा सहमति भएसँगै गठबन्धनले प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
मधेस आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने, घाइतेहरुको निःशुल्क उपचार गर्ने, अपांग भएकाहरुलाई राहत दिने र सहिद भएका परिवारलाई आर्थिक सहयोग गर्ने र आन्दोलनका क्रममा घाइते भएकाहरुका परिवारलाई आर्थिक सहयोग गर्ने सहमति भएको छ ।
त्यसैगरी मधेस आन्दोलनका क्रममा भएका हत्या हिंसा र आगजनीको घटना छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्ने सहमति पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्