३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


हार्दिक पटेलको गालामा चड्कन ! (भिडियो)


0
Shares

नयाँ दिल्ली, वैशाख ६ । भारत यतिबेला निर्वाचनमा होमिएको छ । दुई चरणको निर्वाचन सकिएको छ । चुनाव जारी रहँदा राजनीतिक नेतामाथि सर्वसाधारणबाट गरिने दुब्र्यवहार पनि एकपछि अर्को गर्दै देखिन थालेको छ । 

यसक्रममा पछिल्लो मारमा परेका छन् पाटिदारबाट भारतीय कंग्रेसमा प्रवेश गरेका नेता हार्दिक पटेल । गुजरातमा भएको भए चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला पटेललाई एक व्यक्तिले मञ्चमै पुगेर गालामा चड्कन लगाएका थिए । 

गुजरातमा कांग्रेस नेता हार्दिक पटेलमाथि हातपात भएको अघिल्लो दिन विहीवार भारतीय जनता पार्टीका प्रवक्ता जीवीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार गरिएको थियो । 

घटना सुरेन्द्र नगरको बढवानामा भएको हो । हार्दिकलाई चड्कन हान्ने व्यक्तिलाई कांग्रेस कार्यकर्ताहरुले तत्कालै नियन्त्रणमा लिएर नराम्ररी कुटाइ गरेका छन् ।

पटेललाई गाला चड्काइएको भिडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । चुनावी र्‍यालीलाई सम्बोधन गरिहेका बेला एक व्यक्ति मञ्चमा पुगेर उनलाई चड्कन हान्न थालेको दृश्यमा देखिन्छ । 

पछि प्रहरीले उक्त व्यक्तिलाई भीडबाट छुटाएर लगेको थियो । पटेलले आफूमाथि भाजपाले सुनियोजित रुपमा आक्रमण गर्न पठाएको आरोप लगाएका छन् । उनले आफूलाई बीजेपीले मार्न चाहेको दावी नै गरेका छन् । 

लिंकमा क्लिक गरेर भिडियो हेर्नुहोस्