१० आश्विन २०८०, बुधबार | Wed Sep 27 2023


२ लाख ९० हजार घरधुरीहरुसँग अनुदान सम्झौता


0
Shares

                                                     फाइल फोटो

काठमाडौं, साउन १९ । भूकम्पबाट अतिप्रभावित जिल्लाहरुमध्ये हालसम्म १२ जिल्लाहरुमा निजी आवास पुनःनिर्माणका लागि २ लाख ९० हजार बराबर घरधुरीहरुसँग अनुदान सम्झौता सम्पन्न भएको जनाइएको छ ।

स्थानीय विकास मन्त्रालयले साउन १९ गते बुधबारसम्म २ लाख ८९ हजार २ सय ९२ घरधुरीहरुसँग अनुदान सम्झौता सम्पन्न भएको जनाएको हो ।

यीमध्ये ४२ हजार ८ सय ८२ घरधुरीले पहिलो किस्ता भुक्तानी लिएको पनि मन्त्रालयले जनाएको छ ।