२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतीय राजदूत रञ्जित रेले दिए प्रधानमन्त्री दाहाललाई बधाई


0
Shares

काठमाडौं, साउन २० । नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले आज विहानै भेटेका छन् । दाहाललाई भेट्न उनी विहानै दाहाल निवास लाजिम्पाट पुगेका हुन् ।

यसअघि बुधबार प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारत र चीन दुबै देशले दाहाललाई बधाई दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन मार्फत् बधाई दिँदै नयाँ सरकारलाई भारतको पूर्ण सहयोग रहने बचन दिएका थिए ।

मोदीले दाहाललाई भारत भ्रमणको निम्तो पनि दिएका हुन् । उता, चीनका तर्फबाट भने नेपालका लागि चिनियाँ राजदूत वु चुन्थाइले दाहाल निवास लाजिम्पाटमै पुगेर उनीलाई चीन सरकारको तर्फबाट बधाइ दिएका हुन् ।