११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


बाग्लुङमा खानेपानीको संकट


0
Shares

बाग्लुङ, वैशाख ६ । बाग्लुङ बजारमा तीन दिनदेखि खानेपानी नआउँदा बजारबासी समस्यामा परेका छन् । बजारमा आउने खानेपानीको मुहानबाट हिलो पानी आउँदा स्थानीय खानेपानी लिन बजारबाहिर जान बाध्य भएका छन् ।

गत आइतबार र सोमबार धारामा धमिलो पानी आए पनि मंगलबारदेखि पानी आउन छोडेको बताइएको छ । धारामा पानी आउन छोडेपछि बजारबासीहरु बाग्लुङ नगरपालिका वडा नम्बर–९ तित्याङमा पानी लिन जान थालेका छन् । 

बागलुङ बजारको गुठी, बसपार्कलगायतका स्थानबाट पानी भर्न जाने स्थानीयले घण्टौंसम्म लाइनमा बसेर पानी थाप्नुपर्ने बाध्यता भएको गुनासो गरेका छन् । धारामा पानी नआएकोबारे सम्बन्धित निकायमा पटकपटक खबर गर्दा पनि आश्वासनमात्र दिएको आरोप स्थानीयको छ । 

बाग्लुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रवन्धक हिमाल शर्माले राती ठूलो पानी पर्नाले मुहानबाट हिलो आउँदा फिल्टरले थेग्न नसकेर धारामा धमिलो पानी आएको जानकारी दिए ।

दैनिक रुपमा पानी वितरण गर्न नसकिए पनि दिन बिराएर बजारमा पानी वितरण गर्ने प्रवन्धक शर्माले बताए ।