१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


५७ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थपिँदै


0
Shares

फिदिम, वैशाख ६ । पाँचथरका तीन जलविद्युत् आयोजना विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेका छन् ।

५७ मेगावाट क्षमताका आयोजनाको आन्तरिक अन्तिम परीक्षणको काम भइरहेको प्रवर्द्धक कम्पनीहरुले जानकारी दिएका छन् ।

२५ मेगावाट क्षमताको कावेली बी–१, २२ मेगावाट क्षमताको तल्लो हेवा र १० मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना केन्द्रीय प्रशारणमा जडान गर्ने तयारी भएको हो । यी आयोजनाबाट उत्पादन हुने विद्युत् आगामी दुई महिनाभित्रै केन्द्रीय प्रशारणमा जडान गरिसक्ने योजना रहेको जनाइएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् प्रसारण लाईन कावेली करिडोरमार्फत केन्द्रीय प्रशारणमा जोड्नुपर्ने छ । तर, कावेली करिडोरको काम सकिएको छैन । प्रशारणलाइनको काम सकिएमा वैशाखभित्रै विद्युत उत्पादन थाल्ने अवस्था रहेको प्रवर्द्धक कम्पनीहरुको भनाइ छ ।

फिदिमको थापाटारमा रहेको सवस्टेसनसम्मको काम सकिएर परीक्षणहरु भइरहेको करिडोरका आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिए । तल्लो हेवा जलविद्युत् आयोजना थापाटारको सवस्टेशनमा जोडिने छ । थापाटारदेखि अमरपुरसम्मको सवस्टेशनको काम भने अझै केही समय लाग्ने द्विवेदीले बताए । यो सवस्टेसनमा कावेली बी–१ र इँवाखोला जलविद्युत् आयोजना जोडिने छ ।