१२ चैत्र २०७९, आइतबार | Mon Mar 27 2023


भारतको नयाँ नीतिका कारण नेपालगन्जमा १५०० टन जडिबुटी थन्कियो


0
Shares

काठमाडौं, वैशाख ६ । भारतले क्वारेन्टाइन सम्बन्धी नीति लागू गरी जारी गरेको जडिबुटी सूचीमा २६ वटाको मात्रै नाम उल्लेख गरेपछि नेपालगन्जमा ठूलो परिमाणमा जडीबुटी थन्किएको छ ।

नेपालगन्ज नाकाबाट यसअघि ८० किसिमको जडिबुटी भारत निकासी हुँदै आएको थियो ।

भारतको नयाँ नीतिका कारण नेपालगन्जबाट निकासी हुँदै आएका पाखनवेद, कुरिल्लो, अमला, पदमचाल, चिराइतो, अमलवेद, अतिस, कालादाना, सिकाकाई लगायतका जडीबुटी निकासी ठप्प भएको हो । –नागरिक दैनिकबाट