Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


११औं कृति अवार्डको प्रायोजन सम्झौता


0
Shares

काठमाडौं, वैशाख ५ । ११औं कृति अवार्ड प्रायोजन सम्झौता भएको छ ।

नेपाल विज्ञापन संघ (आन) र चौधरी ग्रुपबीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौता भएको हो ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा आनका अध्यक्ष रविन्द्रकुमार रिजाल र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यससम्बन्धी हस्ताक्षर गरेका हुन् ।

चौधरी ग्रुपले विगत पाँच वर्षदेखि निरन्तर टाइटल स्पोन्सर गर्दै आइरहेको छ ।

११औं संस्करणको कृति अवार्ड आगामी भदौ पहिलो साता गर्ने तयारी भइरहेको अध्यक्ष रिजालले बताए ।