८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


मेलम्चीमा भएको समस्यालाई छिट्टै निकास दिन्छौं : मन्त्री मगर


0
Shares

काठमाडौं, वैशाख ५ । खानेपानीमन्त्री बीना मगरले मेलम्चीमा आएको समस्यालाई छिट्टै नै समाधान गर्ने दाबी गरेकी छन् ।

बिहीबार काठमाडौं उपत्यका खानेपानी विकास बोर्डको १४औं वार्षिकोत्सवका अवसरमा मन्त्री मगरले मेलम्चीको पानीको कारण बारम्बार समस्या आइरहेकाले अब छिट्टै नै निकास दिने दाबी दोहोर्‍याएकी हुन् ।

काठमाडौंमा मेलम्चीको पानी ल्याउनुमात्र नभइ व्यवस्थापनको पक्ष पनि महत्वपूर्ण भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

मन्त्रालयको सबै क्षेत्रले सही समयमा काम गर्न सकेमामात्रै मन्त्रालय सफल हुने भन्दै उनले सबै निकायलाई जिम्मेवार भएर काम गर्न आग्रह गरिन् ।

उपत्यकामा खानेपानीको अभाव भएकाले ढुंगेधारा तथा तालहरुको संरक्षणमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले निजी तथा साझेदारी मोडलमा आधारित भइ काम गर्नुपर्नेमा जोड दिए ।

खानेपानीको गुणस्तर सुधार गर्नुपर्नेमा खानेपानी मन्त्रालयका सचिव शर्माले जोड दिए ।

बोर्डका निर्देशक सन्जिव राणाले उपत्यकामा ‘वाटर एटीएम’को विकास गर्दै आगामी दिनमा उपत्यकामा २० ओटा एटीएम थप्ने तयारी भइरहेको बताए ।