२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रुकुममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


0
Shares

रुकुम, साउन २२ । रुकुममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका मुसीकोट खलङ्गाबाट साख जाँदै गरेको जीप मुसिकोट नगरपालिका –८ कानेबाङमा सडकबाट करिब तीन सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुने सोही नगरपालिका घोर्खानीका टेकबहादुर विक र साखका तीर्थबहादुर पुन हुन् ।

बिकको शुक्रबार तथा पुनको थप उपचारकालागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिए । घाइते अरु ४ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।