
डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, साउन २२ । कन्चनपुरका माछापालक कृषक वर्षात्सँगै आउने बाढीका कारण हैरान भएका छन् ।
ठूलो लगानी र मिहेनत गरेर माछापालनका लागि बनाइएको पोखरी वर्षात्काबेला आउने बाढीले भत्काउने र माछा बगाएर लैजाने गरेपछि उनीहरु मारमा परेका हुन् ।
कन्चनपुरको कृष्णपुर नगरपालिका–२ मा पर्ने गडबिजुला ताललाई यहाँका दुई युवाले आय–आर्जनको माध्यम बनाएका छन् ।
स्थानीय सुरेन्द्र बम र ध्रुवराज भट्टराईले संयुक्तरुपमा जिल्ला विकास समितिबाट गत वर्ष पाँच वर्षका लागि २७ लाखमा भाडामा लिएर माछापालन व्यवसाय सन्चालन गरिरहेका हुन् ।
जिल्ला विकास समितिको स्वामित्वमा रहेको उक्त तालमा यी दुई युवाले एक वर्षको अवधिमा भारतको बंगालबाट २७ लाख माछाका भुराहरु ल्याएर करिब सवा करोड रुपैयाँ बराबर लगानी गरिसकेका छन् ।
तालको सुरक्षाका लागि उनीहरुले तालको किनारमा बाँध पनि बनाए । तर, वर्ष दिन नबित्दै वर्षात्ले उक्त बाँध भत्काउन थालेपछि उनीहरु लगानी डुब्ने चिन्तामा छन् ।
वर्षातको समयमा सडकछेउ र खेतको पानी सीधै तालमा आउने र सतहभन्दा बढी पानी भएपछि तालका माछा बग्ने समस्या रहेको पीडित व्यवसायी सुरेन्द्र बम बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्