७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


‘ब्रेक फेल’ भएर जिप दुर्घटना हुँदा चालकको मृत्यु


0
Shares

बेझाड, वैशाख ५ । रम्भा गाउँपालिका–३ को ताहुँ देउरालीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गाउँपालिका–२ फोक्सिङकोट सुरुमडाँडा बस्ने ३० वर्षीय जिप चालक लालबहादुर सिंजालीको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा बुधबार राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते चालकका दाजु देवबहादुर सिंजालीको अहिले सोही मेडिकलमा उपचार भइरहेको छ । लु१ज १७८६ नम्बरको जिप उकालोमा ब्रेक फेल भई ब्याक भएर सडकबाट करीब २०० मिटर तल खसेको थियो ।

स्थानीय मलेङ भन्ने गाउँमा सामान छाडेर फर्कने क्रममा देउराली नजिकै पुग्न लाग्दा जिप दुर्घटनामा परेको थियो । दुर्घटना बुधबार अपराह्न ४ बजेको समयमा भएको हो । (रासस)