Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


पोखराको प्रदेशसभा भवन नजिकै शंकास्पद बस्तु, लेखनाथमा पनि भेटियो


0
Shares

                                    बिहीबार बिहान पोखराको सडकको दृष्य

पोखरा, वैशाख ५ । पोखराका दुई ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् ।

पोखराको नदीपुरस्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको पाइएको हो । उक्त बस्तु बम हुन सक्ने प्रहरीको आंशका छ ।

नेपाली सेनाको बम डिस्पोजल शंकास्पद बस्तु हटाउन खटिएको छ ।

लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली त्यसतर्फ जाँदैछ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही समूहले राखेको हुन सक्ने आशंका छ ।

यद्यपी, बन्दको प्रभाव पोखरामा सामान्य छ । ठूला गाडीहरु नचले पनि निजी साधनहरु चलिरहेका छन् । पसलहरु भने अन्य दिनभन्दा कम खुलेका छन् ।