
काठमाडौं, साउन २५ । आइतबार पाँच प्रतिशतले घटेको शेयर बजार आज ५ प्रतिशतले नै बढेको छ । एकै दिन तीन पटक सर्किट ब्रेक लागेपछि कारोबार बन्द गर्नु परेको छ ।
कारोबार सुरु भएको ३४ मिनेटमै ३ प्रतिशतले नेप्से बढेपछि पहिलो पटक १५ मिनेटका लागि सर्किट ब्रेक लागेको थियो भने १२ बजेर १० मिनेट जाँदा ४ प्रतिशतले नेप्से बढेपछि फेरि आधा घण्टाका लागि अर्को सर्किट लागेको हो ।
त्यसको केही मिनेटसम्म कारोबार भएको नेप्से मध्याह्नपछि ५ प्रतिशतले बढेकाले कारोबार बन्द गरियो ।पटक पटक गरी डेढ घण्टामा जम्मा २५ मिनेट मात्र कारोवार भएर आजका लागि बजार बन्द भएको हो ।
आज साढे ८४ अंकले उछालिएर नेप्से १७ सय ६० मा पुग्यो । बजारमा आएको यस उच्च बृद्धिले आठ दिनदेखि निरन्तर ओरालो लाग्दै गरेको कारोवारमा पनि ब्रेक लागेको छ ।
प्रतिक्रिया दिनुहोस्