काठमाडौं । शेयर बजार सुधारोन्मुख देखिएको छ । बुधबार पनि शेयर बजारमा सुधार जारी रह्यो ।
कारोबार पनि बढ्यो । कारोबार अर्ब नजिक पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बराबरले उकालो लागेर १२ सय १७ कायम भयो ।
जीबन बीमा, वाणिज्य बैंक, विकास बैंक र होटल समूह सकारात्मक रहे भने अरु समूह सामान्य अंकले रातो रहे ।
जीवन बीमा समूह सबैभन्दा उच्च ३८ अंकले उकालो लाग्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७१ कम्पनीको २८ लाख बराबर कित्ता शेयर ८२ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्