३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


शेयरबजारमा विहीबार सामान्य गिरावट


0
Shares

काठमाडौं, साउन २७ । साताको अन्तिम दिन विहीबार शेयरबजार परिसूचक नेप्सेमा गिरावट आयो ।

उतार–चढावबीच नेप्से करिब ५ अंकले घटेर १७ सय ७४ अंकमा आइपुग्यो । कारोबार सुरुआती समयमा बढेर १७ सय ८८ बिन्दू पार गरिसकेको नेप्से मध्याह्नपछि झरेको हो ।

यसदिन विकास बैंक र होटल समूहमाबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । बीमा समूह सबैभन्दा उच्च ६२ अंकले झर्‍यो ।

जलविद्युत् समूहमा १३ अंकको गिरावट आयो भने वाणिज्य बैंक समूह पनि साढे ४ अंकले ऋणात्मक रहन गयो । होटल समूह १३ अंकले र विकास बैंक समूह ३ अंकले उक्लिए ।

यसदिन १ सय ४७ कम्पनीको साढे ३५ लाख कित्ता शेयर १ अर्ब ३१ करोड रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।