शंकर खनाल
काठमाडौं, वैशाख ४ । बसन्त ऋतुको आगमनसँगै प्रकृतिले पालुवा फेर्दै छ । शिशिर ऋतुमा झरेका पालुवा फेरिँदै जाँदा ढकमक्क फूलेका फूलले शहरबजारको सौन्दर्य समेत बढेको छ ।
राजधानी काठमाडौंका सडक किनारासमेत फूलैफूलले रंगीचंगी बनेका छन् । यसले शहरको सौन्दर्य मात्र बढेको छैन, राजधानीवासीमा नयाँ उर्जासमेत सिँचित गरेको छ ।
यसै त बसन्त ऋतु, त्यसमाथि पनि शहरभरी ढकमक्क फूलेका रंगीचंगी देखिने फूलले काठमाडौंको सौन्दर्य मनमोहक बनाइदिएको छ । काठमाडौंको सडकमा अहिले बेग्लै रौनकको अनुभूति गर्न सकिन्छ । सडकमा हिँड्ने पैदल यात्रु र सवारी साधनमा हुईंकिने यात्रु पनि शहरको सौन्दर्य देखेर लठ्ठ देखिन्छन् ।
युवायुवतीहरु रंगीचंगी फूललाई पृष्ठभूमि बनाएर सेल्फी र तस्बिर खिच्न पाउँदा झनै मख्ख देखिन्छन् । हुन त यसरी सडकका दुई किनारमा रोपिएका फूलको सौन्दर्यले कसलाई लठ्ठ नबनाउला र ? यात्रुलाई रोमाञ्चक त बनाएको छ नै, हरियालीले शहरको सुन्दरतामा थप निखार ल्याएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मनलाई शान्त र प्रफूल्ल बनाउने भन्दै बसन्त ऋतुको वर्णन कवितामार्फत नै गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्