
फाइल फोटो
रामेछाप, साउन २८ । रामेछापका भूकम्पपीडितहरुका लागि २ अर्ब ७ करोड १६ लाख ५० हजार रुपैयाँ निकासा भएको छ ।
सरकारले पीडितहरुसँग सम्झौता गरेको लामो समय बितिसक्दा पनि घर निर्माणबापतको ५० हजार रुपैयाँ वितरणमा ढिलाइ हुँदै आएको थियो ।
गत असारमा पहिलो किस्ताकोरुपमा गएको २ अर्ब ५१ करोड रुपैयाँमध्ये अधिकांश रकम फ्रिज भएका कारण पीडितहरुले रकम पाउन सकेका थिएनन् ।
रकम फिर्ता भएको एक महिनामै पुनः रकम निकासा भएको हो ।
प्रतिक्रिया दिनुहोस्