२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘फर्दर पब्लिक इस्यू’को मूल्य निर्धारण विधि लागू


0
Shares

काठमाडौं, साउन २८ । धितोपत्र बोर्डले सार्वजनिक निश्कासन गरी सूचीकृत भैसकेका संगठित संस्थाहरुले ‘फर्दर पब्लिक इस्यू’ जारी गर्दा मूल्य निर्धारणका लागि विशेष आधारहरु तय गरेको छ ।

बोर्डले संस्थाको विगत, वर्तमान र भविश्यको वित्तीय विवरणको मूल्यांकन तथा औसत बजार मूल्यका आधारमा फर्दर पब्लिक इस्यूको मूल्य निर्धारणका विधि तथा आधारहरु निर्धारण गरेको हो ।

अब संस्थाको पुँजीकृत भएको आम्दानी, प्रतिशेयर खुद सम्पत्तीको मूल्य, १ सय ८० दिनको औसत बजार मूल्य र भविश्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यका आधारमा फर्दर पब्लिक इस्यूको मूल्य निर्धारण हुने भएको हो ।

यस व्यवस्थाबाट संस्थाहरुले अंकित मूल्यभन्दा बढी मूल्य तोकी फर्दर पब्लिक इस्यू निश्कासन गर्दा मूल्य निर्धारण प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी हुने बोर्डको अपेक्षा छ ।