२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


ब्वाइज युनियनमाथि फराकिलो जितसँगै सशस्त्र सेमिफाइनलमा


0
Shares

चितवन, साउन २८ । सशस्त्र प्रहरी चितवनमा जारी चौंथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको क्वार्टरफाइनलमा ब्वाइज युनियन क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै सशस्त्र अन्तिम चारमा पुगेको हो ।

सशस्त्रलाई जिताउनेक्रममा अञ्जन विष्टले २ तथा नवीन लामा र युवराज खड्काले एक–एक गोल गरे ।

सन्दीप मैनालीले ब्वाइज युनियनलाई सान्त्वना गोल दिलाए ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी) भिड्नेछन् ।