
धनकुटा, वैशाख ४ । धनकुटामा अपांगता भएकी एक युवती सल्लीपीरबाटै मनग्य आम्दानी गर्न सफल भएकी छन् ।
पाख्रिवास नगरपालिका वडा नम्बर ४ घर भई हाल धनकुटा नगरपालिका–३ मा बस्दै आएकी जुना घिमिरेले सल्लीपीरबाट विभिन्न कलात्मक सामग्री निर्माण गरेर त्यसको बिक्रीबाट आम्दानी गर्न सफल भएकी हुन् ।
शारीरिक अपांगता भएकी जुनाले १३ वर्षअघिबाट सल्लोको पातबाट बास्केट, टिमेट, कि–रिङ्ग, लालटिन, टोपी, चुरीस्टेन्डलगायतका कलात्मक सामग्री निर्माण गर्ने गरेकी छन् ।
२०६० सालमा घरेलु तथा साना उद्योग समिति धनकुटाले तालिम दिएपछि सुरु गरिएको यो पेशाबाट मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ । यस्ता सामग्रीको माग बढेसँगै उनलाई माग धान्न हम्मे–हम्मे पर्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्