Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


हातमा तरवार र खुँडा बोकेर सराय नाच


0
Shares

अर्घाखाँची, वैशाख ४ । अर्घाखाँचीको भूमेकास्थान नगरपालिकाका बासिन्दा सराय नाचमा रमाउने गरेका छन् ।

विशेष गरी यो नाच बडा दसैं र चैते दसैंमा नाच्ने गरिन्छ । हातमा तरवार र खुँडा लिएर महिला तथा पुरुष भेला भएर नाचिने यो नाच अर्घाखाँचीको मौलिक नाच हो ।

हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक र जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध कायम गर्न यो नाच देखाइने गरिएको हो ।

चैते दसैंका अवसरमा भूमेकास्थानमा सुरु भएको यो नाच भोलिसम्म चल्ने बताइएको छ ।