१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


लाजिम्पाटमा विजुलीका तीनवटा पोलमा आगलागी (हेर्नुहोस भिडियो)


0
Shares

काठमाडौं, असार २६ । काठमाडौंको लाजिम्पाटमा विजुलीका तीन वटा पोलमा आगलागी भएको छ ।

लाजिम्पाट चोकस्थित एम्बासडर होटल अगाडिका विजुलीका पोलमा आगलागी भएको हो । विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट पोलमा टाँगिएका तारमा सामान्य क्षति भएको छ । विद्युत् पोलमा आगो लागेपछि लाजिम्पाट क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।