
काठमाडौं । हिरो मोटरकर्पको आइ थ्रिएस मोडलको १ सय २५ सीसीको स्कुटर स्थानीय बजारमा सार्वजनिक गरिएको छ ।
हिरो मोटरकर्पका लागि नेपालको अधिकृत विक्रेता नेपाल जनरल मार्केटिङले मंगलबार पत्रकार सम्मेलन गरी यो सीरिजको स्कुटर भित्र्याएको हो ।
स्कुटरमा बाहिरि भागमा नै ईन्धन राख्न मिल्ने, रिमोट की ओपनिङ, मोबाईल चार्जिङ लगायतका विशेषता छन् ।
यो स्कुटरको स्थानीय बजार मुल्य २ लाख ६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्