१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


नेप्से १२ सय माथि, कारोबार पौने अर्ब पुग्यो


0
Shares

काठमाडौं । नयाँ बर्षको दोश्रो दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएर नेप्से १२ सय माथी पुग्यो । कारोबार पनि पौने अर्ब पुग्यो ।

मंगलबार शेयर बजार परिसूचक नेप्से २३ अंकले उकालो लागेर १२ सय १२ विन्दुमा पुगेको हो ।

यसदिन कारोबार भएका सबै समूहमा बृद्धि आयो । जीवन बीमा समूह सबैभन्दा उच्च ८० अंकले बृद्धि आयो ।

यस्तै निर्जीबन बीमा समूह ४९ अंकले, लघुवित्त समूह ३५ अंक अनि वाणिज्य बैंक समूह पनि २९ अंकले बढ्यो ।

विकास बैंक समूहमा पनि २० अंकको सुधार आउँदा होटल र वित्त समूह पनि दोहोरो अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७० कम्पनीको २४ लाख ११ हजार कित्ता शेयर ७४ करोड २७ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको एक्सचेन्जले जनाएको छ ।