१२ चैत्र २०७९, आइतबार | Mon Mar 27 2023


बस र ट्रक ठोकिंदा एक जनाको मृत्यु, १७ घाईते


0
Shares

मनिष गुप्ता/ईमेज

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरा चोकमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने १७ जना सामान्य घाईते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग किनारमा रोकी राखेको राखेको यूपी ४७टि३४३७ भारतीय नम्बरको ट्रक र नेपालगंजबाट नारायणगढ जाँदै गरेको ना६ख २४६७ नम्बरको बस एक आपसमा टोकिएर दुर्घटना भएको हो ।

गाडीमा सवार ४३ जना मध्ये १७ जना सामान्य घाईते भएको प्रहारीले जनाएको छ । सामान्य घाईतेको उपचार सामुदायिक अस्पताल पिपरामा भईरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका दैलेख माबो गाउपालिका–२ बस्ने ५५ बर्षीय नन्दलाल गुरुङलाई थप उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएको उपचारको क्रममा  गुरूङको मृत्यु भएको हो ।

अन्य सामान्य घाईतेहरूलाई डिस्चार्ज भइसकेको प्रहरी नायब उपरिक्षक रवी रावलले जनाएका छन । दुर्घटना भएपछि दुबै सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको रावलले जनाएका छन ।