Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


इमेजकर्मी नेपाल सम्मानित


0
Shares

इलाम । इलामका क्रियाशील पत्रकार तथा इमेज च्यानल टेलिभिजन तथा इमेजखबर डटकमका जिल्ला संवाददाता प्रकाश नेपाल सम्मानित भएका छन् ।

बुलन्द आवाज मिडिया प्रालि इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको दोश्रो वार्षिक उत्सवको अवसरमा प्रालिले नेपाललाई सम्मान गरेको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले सम्मानपत्र प्रदान गरे ।

पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै नेपाललाई सम्मान गरिएको थियो ।

नेपाल विगत ६ वर्षदेखि इलाममा व्यवसायिक पत्रकारिता गरिरहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगू, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यत्रकारी निर्देशक केशव धौराली, इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।