
काठमाडौं, साउन ३२ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन सरकारले कायरता प्रदर्शन गर्दै ‘दोरम्बा घटना’ गराएको आरोप लगाएका छन् ।
माओवादी युद्धकाबेला रामेछापको दोरम्बामा भएको भिडन्तमा मारिएका माओवादी कार्यकर्ताको सम्झनामा मंगलबार राजधानीमा गरिएको कार्यक्रममा प्रधानमन्त्री दाहालले उक्त घटनाकाबेला माओवादीले उच्च नैतिकता देखाएको जिकिर गरे ।
आफूले नेतृत्व गरेको पहिलो सरकारले माओवादी पार्टीका सहिद तथा बेपत्ता परिवारका लागि १० लाख रुपैयाँ दिने निर्णय गरेको तर सहिद र बेपत्ताको फाइल नै सिंहदरबारबाट हराएको तर्क पनि उनले गरे ।
कार्यक्रममा दोरम्बा घटनामा मृत्यु भएकाहरुका आफन्त तथा परिवारजनको सहभागिता रहेको थियो ।
२०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा सुरक्षा फौजको कारबाहीमा २१ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्